Logo

मन्त्रिपरिषद् बैठकले के के निर्णय लेला



काठमाडौं, १९ जेठ । मन्त्रिपरिषद्को बैठक आज अपरान्ह बस्दैछ । बैठकले सचिव र प्रहरीमा बढुवाको निर्णय लिने भएको छ ।

विश्वस्त स्रोतका अनुसार सचिव र एआइजीको बढुवाका लागि सिफारिश भए अनुसार मन्त्रिपरिषदले निर्णय लिने भएको छ । आजको बैठकमा मूल्यवृद्धिको विषयमा पनि सरकारले राहत दिनेबारे निर्णय लिने बुझिएको छ ।

ऊर्जा सचिव देवेन्द्र कार्कीको अवकाशपछि रिक्त पदमा सहसचिवहरु सर्जुकुमार वैद्य, रामाधार शाह र रामबाबु पुडासैनीको सिफारिश भएकोमा बढुवा हुनेछ । डिआइजीहरु उत्तम सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्द आचार्य र पूजा सिंहको पनि एआइजीमा बढुवा हुनेछ ।

सशस्त्र प्रहरीका डिआइजी चन्द्रप्रकाश गौतमलाई मन्त्रिपरिषदले एआइजीमा बढुवा गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्