Logo

चुनाव लड्न चाहनुहुन्छ ! राप्रपाले उम्मेदवार छान्न सार्वजनिक आव्हान गर्ने (विज्ञप्तिसहित )



काठमाडौं, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा र प्रदेश संसदको चुनावका लागि पृथक रणनीति बनाएको छ । उसले उम्मेदवार छनोटका लागि सार्वजनिक आव्हान नै गर्ने निर्णय लिएको छ । यसको अर्थ अब राप्रपाले पार्टी भित्र मात्र नभई स्वतन्त्र भूमिकामा या अन्य दलमा रहेकाहरुको लोकप्रीयता र क्षमतालाई हेरेर उम्मेदवार बनाउनेछ ।

राप्रपा धुलिखेलमा १८ र १९ जेठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चुनावी समिक्षा गरी राप्रपाका तर्फबाट उम्मेदवारीका लागि सार्वजनिक आव्हान गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिदै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठल भने,‘आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उपयुक्त र लोकप्रीय उम्मेदवारहरु समयमै छनौट गर्न उपयुक्त हुने ठहर गरी पार्टीभित्र र बाहिरबाट समेत राप्रपाका तर्फबाट उम्मेदवारीका लागि सार्वजनिक आव्हान गर्ने निर्णय भएको छ ।’

राप्रपाले जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रुपमा राजा रहने प्रणालीको माग गरेको छ । उसले प्रदेशको खारेज गरी केन्द्र र बलियो स्थानीय तहमा जोड दिएको छ ।



प्रतिक्रिया दिनुहोस्