Logo

गायक केकेको कन्सर्टमा एसीले काम नगरेको खुलाशा



एजेन्सी, २० जेठ । बलिउड गायक कृष्ण कुमार कुननाथ (केके ) को मृत्यु प्रकरणमा नयाँ खुलाशा भएको छ । केकेको कार्यक्रममा अडिटोरियमको एसीले काम नगरेको र क्षमताभन्दा बढी भीड भएको शोका आयोजकले स्वीकार गरेका छन् ।

मे ३१ मा भएको उक्त कार्यक्रम कोलकाताको इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्ल्याक आई इभेन्ट हाउसले आयोजना गरेको थियो । गुरुदास कलेजको विद्यार्थी संगठन अखिल भारतीय तृणमूल छात्र परिषदले कम्पनीसँग मिलेर सम्पूर्ण कार्यक्रमको व्यवस्था गरेको थियो।

इन्डिया टुडेसँगको कुराकानीमा विद्यार्थी युनियनका अध्यक्ष सुमन होरेले भने, ‘हामीले कलेजका विद्यार्थीलाई मात्र पास दिएका थियौं । प्रत्येक प्रोटोकल पालना गरियो। कोलकाता पुलिसबाट पनि अनुमति लिएको थियो। घटनास्थलमा ३०–३५ बाउन्सर, प्रहरी र एम्बुलेन्स पनि थिए । कलेजका करिब ३५०० विद्यार्थीलाई पास दिइयो । यो कार्यक्रम हेर्न करिब ५ हजार मानिस आएका थिए ।

हामीलाई थाहा छैन यी मानिसहरू कहाँबाट आएका हुन्। मानिसहरु प्रवेशद्वारबाट हाम फाल्न थाले । हाम्रा स्वयंसेवकहरूले भीडलाई रोक्न खोजे, तर तिनीहरू असफल भए। तर, केकेले शोका क्रममा कुनै प्रकारको समस्याको गुनासो गरेनन् ।



प्रतिक्रिया दिनुहोस्