Logo

बालेनलाई चुनाव जित्न भन्दा काम गर्न कठिन



काठमाडौं, २० जेठ । बालेन साहले काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएर देशभित्र तरङ्ग नै ल्याए । स्वतन्त्र उम्मेदवार बालेनले देशका मुख्य दल नेपाली काँग्रेस र नेकपा एमालेका हस्ती उम्मेदवारहरुलाई भारी मतान्तरले पराजित गरे । बालेनलाई युवाहरुको ठूलो जमातको साथ देखियो । उनले चुनाव जित्न महिनौं मिहेनत गरेको खुलासा समेत गरे ।

बालेनले गत सोमबारे सपथ लिएपछि डाकेको पहिलो बैठकमा जे निर्णय लिन खोजे त्यो सकेनन् । उनलाई नेपाली काँग्रेसका वडाध्यक्षहरुबाट चुनौती आयो । उनीहरुले प्रक्रियामाथि प्रश्न उठाएर पहिलो गाँसमै बालेनको दाँतमा ढुङ्गा बनाइदिए ।

बालेनले फोहोरमैला व्यवस्थापन र सार्वजनिक शौचालयको व्यवस्थापनलाई प्राथमिकतामा राखे । उनी फोहोर व्यवस्थापनका लागि सिसडोलसम्म पुगे । तर, सिसडोलवासीले फोहोर फ्याँक्न दिएका छैनन् । उपत्यकाभित्र फोहोर थुप्रिएर रोग फैलने खतरा बढिसकेको छ ।

सिसडोल पुगेका बालेनले स्थानीयलाई मनाउन खोजे । तर, स्थानीयसँग उनको चर्काचर्की भएको छ । बालेन जति सक्रिय भएर लागेका छन् उति नै चुनौतीको पहाड देखिएको छ । चुनाव जित्न भन्दा उनलाई काम गर्न कठिन बनिसकेको छ ।

अहिले काठमाडौं महानगरपालिकामा फोहोर धेरै थुप्रिएको छ । शहर दुर्गन्धित भएको छ । यही अवस्था केही दिन रहेमा निकै ठूलो समस्या आउन सक्छ । बालेन दौडधूपमा छन् तर परिणाम आउन सकेको छैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्