Logo

“भोलिसम्म वैकल्पिक उपायबाट भए पनि काठमाडौंको फोहोर उठाउँछौं”



काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले भोलिसम्म वैकल्पिक उपायबाट भए पनि फोहोर उठाउने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौड्यालले भने, “काठमाडौंको फोहोर व्यवस्थापनका लागि हामी गम्भीर गृहकार्यमा छौं । नवनिर्वाचित मेयर र उपमेयरले हिजो मात्र ल्यान्डफिल्ड साइटको भ्रमण गर्नुभएको छ । हामी फोहोरको दिगो समाधानका लागि केही विलम्ब अवश्य भएको छ । तर भोलिसम्म कुनै उपायबाट फोहोर उठाउन सुरु हुन्छ ।”
फोहोर उठ्न नसके वैकल्पिक उपाय पनि प्रयोगमा आउने पौड्यालले जानकारी दिए । उनले भने, “अहिले घरबाट बाहिर निस्केको फोहोरको व्यवस्थापन चुनौतीका रुपमा छ । औषधि हालेर उपाय गर्न सकिन्छ कि भनेर हिजो मात्र नास्टलाई अनुरोध पत्र पठाएका छौं । वैज्ञानिकहरुले दुर्गन्धको मापन गरेर अल्पकालीन उपाय गर्न सकिन्छ । कुहिने र नकुहिने छुट्याएर जतिसक्दो चाँडै काठमाडौं महानगरभित्रको फोहोर व्यवस्थापनको काम गर्छौं । जनताबाट जति छिटो सहयोग हुन्छ, त्यति फोहोर व्यवस्थापन सजिलो हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्