काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र चुनाव हुने बताएका छन् । उनले कात्तिक या मंसिरमा चुनाव गर्नेबारे छलफल भइरहेको समेत बताए ।
आज कान्तिपुर हाफ म्याराथुनको उद्घाटन गर्दै देउवाले चुनाव समयमै हुने बताए । चुनाव ढिलो नहुने र उचित समयमा गर्ने गरी तयारी भइरहेको बताए ।
देउवाले अहिलेको गठबन्धन चुनावमा पनि रहने बताए । उनले चुनावी परिणाम राम्रो आएको समेत बताए ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव फागुनसम्म धकेल्ने विषय उठिरहँदा देउवाको भनाई आएको हो ।