Logo

गुर्जो अभियन्ता दिक्षान्त समारोहका लागि भारतमा, परिवारका सदस्यहरु गुर्जोको सेवामा सक्रिय



काठमाडौं, २२ जेठ । गुर्जो अभियन्ता कमलबहादुर राजलवट दिक्षान्त समारोहमा सहभागी हुन भारत पुगेका छन् । उनी भारत गएपनि उनका परिवारका सदस्यहरु भने गुर्जोको निःशुल्क सेवामा सक्रिय भएका छन् । उनलाई सुरुदेखि नै साथ दिँदै आएका बहिनी अञ्जु प्रधान, ज्वाँई राजेश र दाई रमेशबहादुर यो अभियानमा साथ दिँदै आएका छन् ।

यो वर्षको विश्व वातावरण दिवस हिजोदेखि नै बनाईएको छ । उक्त अवसरमा हिजो ललितपूरको पाटन दरवार अगााडि ठुलो संख्यामा उपस्थित् भएका साईकल र्यालीका सहभागीहरूलाई गुर्जो अभियन्ता कमल बहादुर राजलवटका बहिनी अन्जु प्रधान तथा ज्वाँई राजेशमोहन प्रधानले गुर्जो चिया, गुर्जोको चिया प्याकेटसहित सेवा गरेका थिए ।

त्यस्तै, काँडाघारीमा आयोजित योग जागरण कार्यक्रममा सहभागीहलाई पनि दाजु रमेश बहादुर राजलवटले गुर्जो चिया प्याकेट सहित सेवा गरेका थिए । अभियन्ता कमलबहादुर राजलवट भने M.Sc. in Yoga and Value education कन्भोकेशनको लागि भारतको माउन्ट एबुमा छन् । निरा गृहणी समाजद्वारा वातावरण दिवसको उपलक्ष्यमा बटुक भैरवमा आयोजित सरसफाई कार्यक्रममा सहभागीहरूलाई अभियन्ताका दाजु रमेश बहादुर राजलवटले गुर्जो बेर्ना वितरण गर्नुको साथै गुर्जोको चिया प्याकेटसहित गुर्जो चिया सेवा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्