Logo

देउवा मन्त्रिमण्डल पुर्नगठन गर्दै, को को बन्लान् नयाँ मन्त्री



काठमाडौं, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुर्नगठन तथा हेरफेरको तयारी गरेका छन् । उनले नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट मन्त्री बनेकाहरुमा हेरफेर गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबाट मन्त्री बनेकाहरुको पनि हेरफेर हुने बुझिएको छ ।

नेकपा एसबाट अहिले बनेका मन्त्रीहरु फिर्ता बोलाइएका छन् । अब जीवनराम श्रेष्ठ, भवानी खापुङ्ग, मेटमणि चौधरी, शेरबहादुर कुँवरलाई मन्त्रीका रुपमा पठाइने बुझिएको छ । हिराचन्द्र केसीलाई राज्यमन्त्रीको रुपमा सिफारिश गरिएको बुझिएको छ ।

यसैगरी, जनता समाजवादी पार्टीबाट हाल मन्त्री बनेकाहरुको ठाउँमा नयाँलाई मन्त्री बनाउने तयारी भएको छ । देउवाले नाम पाएलगत्तै उनीहरुको हेरफेर गर्ने बुझिएको छ । जसपाबाट रेणु यादव, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ र रामसहाय यादव मन्त्री रहेकोमा परिर्वन गरी अमृता अग्रहरी, प्रदीप यादव, मोहम्मद इस्तियाक राई र मृगेन्द्रकुमार सिंहलाई मन्त्री बनाउने चर्चा छ । उपप्रधानमन्त्री पाएमा उपेन्द्र यादव आफै मन्त्री बन्ने तयार देखिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट पनि केही मन्त्री फेरिने बुझिएको छ । मन्त्रीहरुको हेरफेरको तयारी पनि छ । माओवादीलाई अहिले दिएको मन्त्रालयमा केही परिवर्तन गर्ने देउवाको तयारी रहेको बुझिएको छ । हाल माओवादीबाट जर्नादन शर्मा, पम्फा भुषाल, शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराज मन्त्री र बोधमाया कुमारी यादव राज्यमन्त्री छन् । उनीहरुमध्ये केहीको ठाउँमा वर्षमान पुन, शक्तिबहादुर बस्नेतलाई ल्याउने चर्चा छ ।

यसैगरी, नेपाली काँग्रेसबाट पनि मन्त्री थप्ने तयारी भएको छ । केही मन्त्रालयमा जिम्मेवारी हेरफेर हुने भएको छ । पूर्व महामन्त्री प्रकाशमान सिंह पक्षधरलाई पनि समेटेर देउवाले हेरफेर गर्न लागेको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्