काठमाडौं, जेठ २३ । भारतको उत्तराखण्डमा आइतबार राति तीर्थयात्री बोकेको यमुनोत्री जाँदै गरेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।
नमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ‘आफ्ना प्रियजनहरू गुमाउनेहरू’ प्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःख जनाउदै दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारु र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरेको छ ।