काठमार्डौ, २४ जेठ । काठमाडौंको फर्पिङमा सोमबार मृत अवस्थामा भेटिएका युवा–युवतीको पहिचान खुलेको छ ।
अन्दाजी २२/२३ वर्ष उमेरका युवा–यवतीको शव दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा फेला परेको थियो ।
मृत अवस्थामा भेटिएका युवक मकवानपुर इन्द्रसरोवरका मनिष ठकुरी र युवती दाङको राप्ती घर भएकी विमला कुमाल हुन् । शवलाई अहिले पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
घटनास्थल नजिकै औषधीको बट्टासमेत फेला परेको थियो । उनीहरुको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।