काठमाडौं, २४ जेठ । काठमाडौंबाट फोहोर बोेकेर पुगेका टिपरलाई रोक्न खोज्ने १४ जना स्थानीयहरु पक्राउ गरेको छ । फोहोरका गाडी रोक्ने संघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेपछि फोहोर व्यवस्थापन सुरु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका प्रतिनिधिबीच सोमबार भएको सहमतिलाई लत्याउँदै स्थानीयहरुले विर्सजनमा रोक लगाएपछि प्रहरी र स्थानीयबीच केही समेत झडप समेत भएको थियो ।
हिजो सहमति हुँदा फोहोर प्रभावित क्षेत्रका जायज माग पुरा गर्ने मन्त्रालय र महानगरको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको थियो ।