Logo

आज पनि रोकिएन शेयर बजारमा पहिरो



काठमाडौं, २४ जेठ । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ। नेप्से परिसुचक आज ४५ दशमलव ५९ अंकले घटेर २०२० दशमलव २३ विन्दुमा रोकिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव २४ अंकले घटेर ३८९ दशमलव १२ विन्दुमा थामिएको छ ।

आज २३४ कम्पनीको १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ रुपैयाँ बराबरको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्