नारायण प्रसाद ढकाल: प्राचीन समयदेखि केही दशक अगाडिसम्म गुरू शिक्षक र आचार्य शब्द सुन्दा र प्रत्यक्ष भेट्दा समाजमा श्रद्धा, विश्वास, सम्मान र आदर्शको अनुभूति हुने गर्दथ्यो, वर्तमानमा पनि हुनुपर्दथ्यो तर निरन्तर कमी हुँदै गएको अनुभव मजस्तै हामी सबैले गरिरहेका छौँ ।
आखिर किन यस्तो स्थिति हामीले निर्माण ग¥यौ ? किन समाजमा शिक्षकको भूमिका अरुले लेखेका पुस्तकहरुको जानकारी दिने व्यक्तिको रुपमा सिमित भयो ? सबैले समानरुपमा सम्मान र विश्वास गर्नु पर्ने शिक्षक किन आज एउटा समूह, विचार र सानो अनि साघुँरो घेरा भित्र संकुचित भएर आत्मसम्मान गुमाएको एउटा निरीह पात्र हुनपुगे ? अरुलाई उच्च चरित्रको आदर्श प्रस्तुत गर्नुपर्ने शिक्षकलाई आज विभिन्न सार्वजनिक स्थानमा आपत्तिजनक र शिक्षकको मर्यादा विपरीतको स्थितिमा छताछुल्ल राजानीतिमा आफूलाई प्रदर्शन गर्न पुगे ? आदि इत्यादि स्थिति र परिस्थितिले शिक्षकको आत्मगौरव, आत्मसम्मान र आर्दशलाई एउटा कमजोर स्थितिमा पु¥याई समाजमा अविश्वास, निराशा र मूल्यहीन स्थितिमा रुमल्लिँदै आगाडि बढिरहेको जस्तो हामी सबैलाई अनुभव हुन्छ । हामीले राजनीति, कुटनीति, छलनीति र अराजकतालाई हाम्रा शिक्षण संस्थाहरुमा प्रवेश गरायौँ । चरित्रको पाठ पढाउनु पर्ने शिक्षकलाई राजनीतिक पार्टीका झण्डा र झोला बोकायौँ र विद्यार्थीलाई पनि सकेसम्म पछाडि हिडाउने प्रयास ग¥यौँ अनि शिक्षा क्षेत्रलाई राजनीतिको केन्द्रविन्दु बनाएर गुरूलाई कालोमोसो दल्ने पिट्ने कुट्ने आदि सबै जेजे नहुनु र नगर्नु पर्ने सबै ग¥यौँ । त्यसैमा खुसी र आनन्द मान्दै अगाडि बढ्यौँ र बढिरहेका छौँ । आज नेपाल आमाले सबैसंग प्रश्न गरिरहेकी छिन् । ए मेरा सन्तानहरु हो अब सुपुत्र बन प्रायश्चित्त गर, माफी माग, मनन गर, आत्मजागरुक बनेर शिक्षा क्षेत्रलाई स्वतन्त्र, स्वच्छ र गुणस्तरीय बनाउन एकपटक सबैले संकल्प बद्ध भएर आगाडि आऊँ । नेपाललाई आत्मगौरव र स्वाभिमानी, सक्षम राष्ट्र पुनर्निर्माण गर्न तयार बनौं । एउटा शिक्षकलाई हाम्रो विचार दर्शनले स्वयं भगवानसंग तुलना गरी उच्च स्थान दिएको छ । त्यसैले प्रसिद्ध श्लोकमा भनिएको छ:
गुरूर्ब्रद्म गुरूर्विष्णु गुरूर्देवो महेश्वरः
गुरूसाक्षात् परं ब्रद्म तस्मै श्रीगुरूवे नमः
वास्तवमा भगवानसंग पुग्ने मार्ग गुरूले नै देखाउने र अन्य संसारमा जीवनयापनका लागि आवश्यक विषय ज्ञान पनि गुरूबाट नै प्राप्त हुने गर्दछ । वर्तमान समयमा पनि सबै सय प्रतिशत नै शिक्षकहरु गलत राजनीतिबाट प्रभावित भई चरित्रहीन छन भन्न मिल्दैन । आज पनि समाजमा असल चरित्रवान आफ्नो मूल्य र मान्यतामा अडिक अन्यन्तै आदर्श शिक्षकहरु पनि छन् । जसका कारण समाजमा केही राम्रा संकेतहरु देखिन्छन् आशा र आनन्दको अनुभूति हुने गर्दछ । समाज र राज्यलाई सञ्चालन गर्ने नीति राजनीति र त्यसको नेतृत्व गर्ने व्यक्तिहरुमा शिक्षाको महत्व र त्यसले राष्ट्रलाई दीर्घकालमा पु¥याउने असर प्रभावको ज्ञान नभएमा धनानन्दको जस्तो अवश्था हुनेगर्दछ । राज्य कमजोर हुन्छ र सबैतिरबाट आक्रमण हुन्छ तर नेतृत्व गर्ने व्यक्ति आफ्नै व्यक्तिगत अज्ञानतामा फसेको हुन्छ । जसको कारण सम्पूर्ण देशका जनता र देशलाई ठूलो नोक्सान हुने गर्दछ ।
त्यसैले नेतृत्व गर्ने व्यक्ति सद्गुण सम्पन्न र संस्कारित हुनु आवश्यक हुन्छ । कुनै समयमा श्रीकृष्ण, श्रीराम, अर्जुन, चाणक्य, चन्द्रगुप्त र बुद्ध आदिले गुरूकुलीय परम्परामा शिक्षित र दिक्षित हुन अवसर पाउनुभयो । त्यसकारण विश्वमा सामाजिक, राजनैतिक, सांस्कृतिक र शैक्षिक आदर्श आज पनि स्वर्णीम युगका रुपमा स्थापित भएको छ । शिक्षकमा असल, योग्य, गुणवान र राष्ट्र प्रथमको भाव भएमा समाज र राष्ट्रले सधै योग्य र आवस्यक नागरिक प्राप्त गर्दछ, जुन कुनै पनि राष्ट्रलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नको लागि आवश्यक हुने गर्दछ । आज राम्रो शिक्षा दिनको लागि स्वदेशमा महँगा विद्यालय र कलेजहरु खोली केही सम्पन्न भनाउदाहरुले भर्नागर्ने र पढाउने प्रचलन बढिरहेको देखिन्छ । राज्य सञ्चालकहरुका सुपुत्र सुपुत्रीलाई पनि विदेश पठाउने फेसन चलेको छ, म त्यसलाई राम्रो मानिरहेको छैन नेपालमा नै हामीले संस्कार सहितका विश्वस्तरीय विद्यालय सञ्चालन गर्न सक्दछौं । त्यसको लागि आवश्यक भएमा केही विषयका शिक्षक वाहिर बाट ल्याउन पनि सकिन्छ, तर हामीले नेपाली माटो अनुरुप विश्वमा उत्कृष्ट व्यक्तित्व र नेतृत्व निर्माण गर्न शिक्षा नेपालमै दिने वातावरणको लागि प्रयास गर्नु आवश्यक छ । हाम्रा विद्यालय र गुरूकुलको आदर्श भनेका जहाँ बुद्ध, जनक, सीता, गार्गी, श्री कृष्ण, श्री राम, अर्जुन आदि जस्ता भगवान र महापुरुषहरुले शिक्षा लिए त्यस्तो शैक्षिक वातावरण पुन निर्माण गरी हामी विश्वमा पुनः विश्वगुरू बन्न सक्ने दिशामा अगाडि बढ्न सक्दछौं । त्यसैले सवैको चिन्तन त्यसतर्फ अग्रसर हुन आवश्यक छ । स्वामी विवेकानन्दले भन्ने जस्तै “जुन शिक्षाबाट हामीले आफूलाई मनुष्य बनाउन सक्छौं, चरित्र निर्माण गर्न सक्छौं, विचारहरुलाई सामाञ्जस्य गर्न सक्छौं अनि आफ्नो जीवनलाई राष्ट्रसंग जोड्न सक्दछौं त्यहिमात्र बास्तवमा शिक्षा र शिक्षकको उद्देश्य हुनुपर्दछ ।
गुरू देवो भव:
नेपाल आमाको जय ।