Logo

मःमको डल्लो घाँटीमा अड्किएर ५० वर्षीय पुरुषको मृत्यु



नयाँ दिल्ली, असार १ । अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्सं) मःमको डल्लो घाँटीमा अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि स्वास्थ्य चेतावनी जारी गरेको हो ।

एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होसियारीका साथ मःम खान’ सुझाव दिएको छ । उनलाई दिल्लीको एम्समा मृत अवस्थामा पर्‍याइएको थियो ।

मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मःम खाइरहेका थिए । खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए । पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा मःमको डल्लो अड्किएको फेला परेको थियो । डाक्टरहरूले पनि मःमको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकालेका थिए ।

मःम अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्