काठमाडौं, ३ असार । भारतमा पछिल्लो केही दिन यता फेरी कोरोना भाइरस सक्रमितको संख्या बढ्न थालेको छ । केही दिन यता दोब्बर संक्रमित थपिन थालेका हुन् ।
गत २४ घण्टामा १२ हजार ८ सय ४७ जना कोरोनाका नयाँ संक्रमित थएिका हुन् । त्यस्तै, एकैदिनमा ७ हजार ९८५ जना निको भई अस्पतालबाट डिस्चार्ज समेत भएका छन् ।
यसैगरी, १४ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, भारतमा सक्रिय संक्रमितको संख्या ६३ हजार ६३ रहेको छ। हालसम्म कोरोनाका सबै भेरियण्टबाट भारतमा ५ लाख २४ हजार ८१७ जनाको निधन भएको छ ।
सबैभन्दा बढी महाराष्ट्रमा संक्रमित भेटिएका छन भने केरल, दिल्ली, कर्नाटक र हरियाणामा पनि संक्रमितको संख्या बढी रहेको छ ।