एजेन्सी, ३ असार । नेशनल हेराल्ड मामिलामा कांग्रेस नेता राहुल गान्धीलाई अब सोमबार सोधपुछ गरिने छ। राहुलको आग्रहमा एजेन्सीले सोधपुछ तीन दिनका लागि स्थगित गरेको छ। राहुल बिहीबारको ब्रेकपछि शुक्रबार ईडीको कार्यालय पुग्ने थिए तर सोनिया गान्धीको अस्वस्थताका कारण उनले सोधपुछ स्थगित गर्न भनेका थिए ।
वास्तवमा सोनियालाई श्वासप्रश्वासको तल्लो भागमा फङ्गल इन्फेक्सन भएको थियो, जसका कारण बिहीबार उनको अवस्था बिग्रियो । त्यसैले ईडीले सोमबार राहुललाई सोधपुछका लागि आउनको लागि नयाँ समन जारी गर्नेछ।
सोनिया गान्धीलाई श्वासप्रश्वासमा संक्रमण भएको कांग्रेसले शुक्रबार जानकारी दिएको हो । कांग्रेस प्रवक्ता जयराम रामैयाको अनुसार सोनियाका नाकबाट रगत बगेको हो । उनलाई कोरोना संक्रमण पनि भएको थियो । सोही कारण जुन १२ मा अस्पताल भर्ना गरिएको थियो। अहिले श्वासप्रश्वासको तल्लो भागमा पनि फङ्गल संक्रमण देखिएको छ ।
ईडीले सोनिया गान्धीलाई २३ जुनमा मनी लान्ड्रिंग मुद्दामा बोलाएको छ। अनुसन्धान एजेन्सीले राहुल गान्धीलाई सोधपुछ गरिरहेको छ। अर्कोतर्फ, राहुललाई ३ दिनमा ३० घण्टा सोधपुछ गरिएको छ ।