काठमाडौं, ३ असार । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक शुक्रबार ७ दशमलव ५६ अंकले घट्दा १९७१ दशमलव ३८ विन्दुमा रोकिएको हो ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ६९ अंकले घटेर ३८१ दशमलव १४ विन्दुमा थामिएको छ ।
नेप्सेको अनुसार आज २२० कम्पनीको ७३ करोड ६३ लाख १२ हजार १५८ रुपैयाँको २३ लाख ५५ हजार कित्ता बराबरको शेयर खरिद विक्रि भएको हो ।