एजेन्सी, ४ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पुरानो विश्व व्यवस्थालाई आँधीले उडाइदिएको टिप्पणी गरेका छन् । उनले शुक्रबार साँझ सेन्ट पिटर्सवर्ग इन्टरनेशनल इकोनोमिक फोरममा सम्बोधन गर्दै विश्वमा धेरै परिवर्तन आइसकेको बताए । विश्वमा भूराजनीतिमा परिवर्तन आएको भन्दै यसलाई वास्तविक क्रान्तिको संज्ञा दिए ।
अमेरिका र उसका मित्र देशहरुले रुसको अर्थतन्त्र र समाजलाई खत्तम पार्न सकिन्छ कि भनेर सोचेको तर त्यो उनीहरुकै लागि प्रत्युत्पादक बनेको टिप्पणी गरे । विशेषगरी यूरोपेली यूनीयनले राजनीतिक सार्वभौमिकता गुमाएको र कसैको इशारामा नाँचिरहेको उनको आरोप थियो ।
पुटिनले रुसमाथिको प्रतिबन्धले यूरोपेली देशहरुले प्रतिवर्ष ४०० अर्ब डलर नोक्शान व्यहोर्ने आँकडा समेत प्रस्तुत गरे । उनले विश्वमा नयाँ शक्तिका केन्द्रहरु उदाएको र तिनीहरुसँग आफ्नो प्रणाली, आर्थिक मोडल र सार्वभौमिकताको रक्षा गर्ने अधिकार रहेको समेत बताए ।
सँसारमा खाद्यान्न र ऊर्जाको मूल्य बढिरहेकोमा आफूहरुलाई दोष नलगाउन भने । रुसविरुद्ध अमेरिका र यूरोपेली देशहरुले प्रतिबन्ध लगाइरहँदा पुटिनको पछिल्लो अभिव्