काठमाडौं, ५ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले अमेरिकाको एसपीपी कार्यक्रम सैन्य सम्झौतासँग नै जोडिएको बताए । हिजो (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् । उनले भने,‘एसपीपीको आवरणमा जे लेखिएको भएपनि यो सैनिक सम्झौता नै हो ।’
उनले सरकारले एसपीपी सम्झौता खारेज गर्न भनेर संसदीय समितिले पनि निर्देशन दिएको सुनाए । उनले वर्तमान सरकारले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई पत्र लेखेर एसपीपीमा नेपाल छैन भनेर भन्नुपर्नेमा जोड दिए । एसपीपी सम्झौताको मस्यौदा सत्य वा असत्य जे भएपनि त्यो नेपालको हितमा नरहेकोले सबै दल एकमत भएर त्यसलाई अस्विकार गर्नुपर्ने बताए ।