एजेन्सी, ६ असार । शनिबार राति लखनउमा जोमाटो डेलिभरी ब्वाईबाट ग्राहकले खाना लिन अस्वीकार गरे । कारण हो डेलिभरी ब्वाई दलित हुनु । डेलिभरी ब्वाई दलित भएको थाहा पाउने बित्तिकै ग्राहकले खाना लिन अस्वीकार गरेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले उल्लेख गरेको छ ।
यति मात्र होइन, परिवारका सदस्यहरूले पनि डेलिभरी ब्वाईलाई कुटपिट गरेका छन् । सन्तुष्ट नभएपछि उनीहरुले डेलिभरी ब्वाईको मुखमा समेत थुकेका छन् । यो सम्पूर्ण घटना आशियाना क्षेत्रको हो । पीडितको उजुरीको आधारमा प्रहरीले २ पहिचान खुलेका र अपरिचित व्यक्ति १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तर, प्रहरीले भने यो घटना कुटपिटको मात्रै भएको बताएको छ ।
आशियानाका विनीत रावत जोमाटोका डेलिभरी ब्वाई हुन्। शनिबार राति उनलाई घरमै अजय सिंह नामका ग्राहकलाई डेलिभरी गर्न पठाइएको थियो । उनी डेलिभरी लिएर पुगे । पुलिसलाई दिएको जाहेरीमा विनीतले अजय सिंहलाई आफ्नो नाम विनीत रावत बताएको जानएका छन् । थर सुनेपछि उनको परिवार रिसाए र गाली गर्न थाले ।
उनीहरुले पहिले खानाको प्याकेट फाले अनि सुर्ती खाएको मुखले थुक्न थाले । विनीतले विरोध गर्दा अजय र उनका परिवारका सदस्यले उनलाई लाठीले कुटपिट गरेका थिए । विनीतले कतै भागेर प्रहरीलाई खबर गरे । केही बेरपछि डायल–११२ को टोली आइपुग्यो र विनीतलाई आफ्नो कार लिएर प्रहरी चौकीमा गएर उजुरी गर्न भने ।
विनीतको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको प्रहरीले जनाएको छ । दुवै पक्ष शान्त भए । प्रहरीले विनीतलाई प्रहरी चौकी ल्याइरहेको थियो । तर उनले त्यसबेला अस्वीकार गरेका थिए । आइतबार वकिल लिएर आएर एफआईआर दर्ता गराए । हाल प्रतिवेदन दर्ता गरी अनुसन्धान भइरहेको एजेन्सीले जनाएको छ।