काठमाडौं, ६ असार । सार्वजनिक अभिव्यक्तिमा पनि कपिराइट लाग्ने विधेयक अघि बढेको छ । संसदमा पुगेको प्रवचन,कार्टुनजस्ता अभिव्यक्तिमा पनि प्रतिलिपि अधिकार सुरक्षित गर्न विधेयकलाई अगाडी बढाइएको हो ।
गत २०७७ जेठ १९ गते संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ‘प्रतिलिपि अधिकार ऐन २०५९ को संशोधन विधेयक’ राष्ट्रियसभामा दर्ता गरेको थियो । आइतबार समितिको प्रतिवेदनसहितको विधेयक पुनः हाउसमा पेश भएको हो ।
विधेयकले कानुनको रुप लिएपछि सम्बोधन, प्रवचन, भाषण र कार्टुन अनुवाद रचनामा पनि कपिराइट लाग्ने छ ।