Logo

जिसस प्रमुखमा शर्मा



काठमाडौँ,७ असार । जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा निर्विरोध निर्वाचित भएका छन् । आज तोकिएको निर्वाचनका लागि नेकपा एमाले लगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । निर्वाचित पदाधिकारीले आजै पद तथा गोपनीयताको शपथसमेत लिएको हो ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलु फडेरा र सदस्यहरुमा सरिता रावत, दीप भण्डारी, कर्णबहादुुर शाही, धिरबहादुुर सिंह, चुदी जाङ्मुु तामाङ, सिंह सिंह र कर्ण दमाई निर्वाचित भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्