Logo

पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धी तत्काल खारेज गर : बलदेव तिमल्सिना



काठमाडौं, ८ असार । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत तिमल्सिनाले अत्यावश्वकिय दैनिक उपभोग्य बस्तु पेट्रोलियम पदार्थमा भएको चर्को मुल्यवृद्धि खारेज गर्न सरकारसँग माग गरेका हुन् ।

पूर्व महामन्त्रीले पेट्रोलमा सरकारले ६५.६१ रुपैयाँ प्रति लिटर कर लिने बताएका छन् । त्यस्तै, डिजेलमा ४९ रुपैयाँ ५३ पैसा, मट्टितेलमा १३ रुपैयाँ ९५ पैसा, हवाई इन्धन आन्तरिकमा २५ रुपैयाँ ७५ पैसा, हवाई इन्धन बाह्यमा २ रुपैयाँ ६९ पैसा प्रतिलिटर र एल.पी. ग्यासमा ३२० रुपैयाँ ८४ पैसा प्रति सिलिण्डर कर लिने पनि जानकारी दिएका छन् ।

तिमल्सिनाले पेट्रोलियम पदार्थमाथी थोपरिएको कर खारेज गर्न, विद्यार्थी, बिपन्न र निम्न आय भएका नागरिकलाई सरकारले सहुलियत र राहत उपलब्ध गराउनु पर्ने उनको भनाइ छ ।

तत्काल समस्याको समाधान, विकल्प र दीर्घकालीन निराकरण तर्फ गम्भीर हुन सम्बन्धित निकायलाई उनको आग्रह छ । उनले सरकारलाई जनताको ढाड भाँच्न र पथभ्रष्ट हुन छुट नभएको समेत चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्