काठमाडौं, १० असार । गत चैत्र ३० गते मृत्यु भएकी रुपन्देहीकी अमृता खत्री टण्डनको शुक्रबार दाहसंस्कार गरिएको छ । माइतीबाट घर पुगेको आधा घण्टामै रहस्यमय मृत्यु भएकी टण्डनको ७३ दिनपछि माइतीले दाहसंस्कार गर्न तयार भएको हो ।
माइती पक्षले भने घर परिवारले नै अमृताको हत्या गरेको आरोप लगाएका छन् ।
अमृताको हत्याको आरोपमा उनका श्रीमान पे्रेम टण्डन पुर्पक्षको लागि थुनामा रहेका छन् भने सासु र ससुरालाई भने प्रमाण नपुगेको भन्दै रिहा भएका छन् ।
माइती पक्षले अमृताको हत्याबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै अन्त्येष्टि अस्वीकार गर्दै आएका थिए ।
घर पक्षले अमृताको नाममा अक्षयकोष बनाउने र छोराको शिक्षादिक्षाको लागि २४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिनेमा सहमत भए लगत्तै माइतीपक्ष दाहसंस्कारका लागि तयार भएका हुन् ।