Logo

अफगानिस्तान भूकम्पः न अस्पताल, न उपचार, ठूलो संख्यामा घाइते



एजेन्सी, १० असार । अफगानिस्तानमा मङ्गलबार र बुधबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।

दशकौंदेखि युद्ध र हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तानका लागि यो भूकम्प निकै डरलाग्दो सावित भएको छ ।

पूर्वी अफगानिस्तानको पाक्टिका प्रान्तको एक क्लिनिकका कर्मचारीको अनुसार बिहानदेखि अहिलेसम्म ५०० जना घाइते भएका छन्, जसमध्ये २०० जनाको मृत्यु भएको छ ।

पाँच शैयाको मात्रै अस्पताल भएको र सयौं गम्भिर घाईते विरामीहरु यहाँ पुग्ने गरेको तथ्यबाट यो र यस जस्ता अरु धेरै अस्पतालहरुले अहिलेको चुनौती सामना गर्नुपरेको छ । बिबिसी हिन्दीबाट



प्रतिक्रिया दिनुहोस्