Logo

पार्टीको पोलिटब्युरो बैठकमा माधव नेपालले गरे देउवाको आलोचना



काठमाडौं, १० असार । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । पार्टीले मन्त्रीहरु हेरफेरबारे निर्णइ लिएर कार्यान्वयनको लागि सिफारिश गर्दा पनि अहिलेसम्म निर्णय कार्यान्वयन नगरेको भन्दै उनले प्रधानमन्त्री देउवाको आलोचना गरेका हुन् ।

अध्यक्ष नेपालले गठबन्धनका अन्य दलका कारण आफ्नो पार्टीको मन्त्री फेर्ने निणर्य कार्यान्वयन हुन नसकेको बताएका छन् । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री देउवालाई भेटेर तत्काल मन्त्रिमण्डल पूनर्गठन नगर्न दबाब दिएका छन् । यही सन्दर्भमा अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

आज (शुक्रबार) बाट सुरु भएको पार्टीको पोलिटब्यूरोको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यद्धपी आफूले प्रधानमन्त्री देउवालाई पटक पटक भेटेर मन्त्रीहरु हेरफेरको निर्णय कार्यान्वयन गर्न दबाब दिएको र प्रधानमन्त्री देउवाबाट पनि सकारात्मक जवाफ पाएको उनको भनाई थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

 

 

 



प्रतिक्रिया दिनुहोस्