विपिन देवः जी सेभेर शिखर सम्मेलन जुन २६ र जुन २७, २०२२ मा जर्मनीमा सम्पन्न भएको छ । सम्मेलनको चर्चा र चासो निकै भयो । संसारका समृद्ध राष्ट्रहरूको सम्मेलनले विश्वको महत्वपूर्ण समस्याहरूको निरुपणको बारेमा व्यापक कार्य योजनाहरू सर्वजनीक गरेका छन् । खास गरेर सन् १९७३ मा अमेरिकी राष्ट्रपति निक्सनको मध्य एसीयाली नीति र भियतनामको नीतिले गर्दा अमेरिका लगायत यूरोपेली राष्ट्रहरूमा आर्थिक संकटको अवस्था थियो । सन् १९७३ मार्च २३ का दिन जर्मनी, फ्रान्स, वेलायत र अमेरिीकाका अर्थमन्त्रीहरूले आर्थिक र मन्दीलाई चिरफार गर्नको तत्कालीन अमेरीकी अर्थमन्त्री जर्ज सोलको अगुवाईमा एउटा बैठक आयोजना गरिएको थियो । वैठक हावइट हाउ‘सको पुस्तकालय नै सम्पन्न भएको थियो । यो ग्रुफलाई जि फोरको नामाकरण गरियो । कालान्तरमा जापानको सहभागीताले जी फोर जी फाइवमा नामाकरण गरियो ।
अमेरीका र म्ध्य एसियाको सम्वन्ध जटिल अवस्थामा थियो । सिरियाले इजरायलमा आक्र्रमण गर्दा अमेरिकाले इजारायललाई सहयोग गरेको थियो । प्रतिशोधमा मध्य एसियाली मुलुकहरूले अमेरिका लगायत यूरोप इन्धन निर्यातमा कटौटी गरेको थियो । सन् १९७४ ताका अमेरिीकी परराष्ट्रमन्त्री हेनरी किसिनजरको कूटनीतिक क्षमताले गर्दा अमेरीका र खाडी मूलुकहरू विच सामिप्यता बढ्न गयो । अर्को तर्फ, अमेरिकी नेतृत्वमा जी फाइभको गतिविधिहरू पनि बढ्न गयो । सन् १९७५ नोभेम्बर इटाली र फ्रान्सको पनि उक्त ग्रुपमा सहभागी भयो । सन् १९७६ ताका विधिवत रुपमा क्यानाडा पनि यी ग्रुपको सदस्य हुन पुग्यो । अर्थात् जी सेभनको आकार परिवर्तित हु‘दै गयो । सोभियत रुसमा र्गोभाचोप र वोरिस एलसीन पनि यी ग्रुपवाट प्रभावित भएका थिए । फलस्वरुप केही दिनका लागि रसियाको आगमनका साथै जी आठ पनि हुन पुगेको थियो । तर पुटिनको आगमनका साथ यी ग्रुपवाट रसियाको सम्वन्ध विच्छेद भयो । जुन २३ र जुन २४ मा व्रिकस सम्मेलन सकिन वित्तिकै जी सेभनको वैठक हुनु आपैmमा रोचक विषय हो । जी सेभन मुलुकहरूले विगतका दिनमा एच.आइ.भि र वातावरणको क्षेत्रमा व्यापक सफलता प्राप्त गरेको देखिन्छ । वर्तमान परिवेशमा जी सेभनको प्रमुख चूनौती नै युक्रेनको समस्या समाधान गर्नु हो । एका तर्फ युक्रेनको मुद्दा लिएर अमेरिकी नेतृत्वमा यूरोपेली यूनियनका मुलुकहरू आर्थिक नाकाबन्दीलाई कडा बनाउ‘न सहमत देखिएता पनि यूरोपको र अफ्रिकाको रसियासंग रहेको उर्जा निर्भरताको विकल्प देखिएको छैन । अर्को तर्फ रसिया दिन प्रति दिन चीन र भारतसंग आप्mनो उर्जा व्यापार घनिभुत रुपमा अगाडि बढाइरहेको अवस्था छ ।
जी सेभनका मुलुकहरूले रसियालाई घेरावन्दी गर्न व्यापक मोर्चावन्दी गरेका छन् । भारत, इण्डोनेशिया, अजेन्टीना लगायत अफ्रिकी मुलुकहरूलाई समेत उक्त सम्मेलनमा सहभागिता गराइएको छ । हुनत सन् २००० देखि नै भारतलाई जी सेभनको सम्मेलनमा निरन्तर रुपले सहभागीता गराइएको छ । वर्तमान संसारको ५० प्रतिशत आर्थिक आकार भएको जी सेभनका मुलुकहरूले चीनिया रेशम मार्ग अन्र्तगतको योजनाहरूलाई प्रतिउत्तर गर्न प्रचूर मात्रामा धनराशी परिचालित गर्ने घोषणा समेत गरेको छ । जी सेभनको वैठकले हिन्द महासागरीय क्षेत्रमा चीनको दवदवालाई निस्तेज गर्न र प्रजातान्त्रिक मुल्य मान्यतालाई संरक्षण गर्न समेत दीर्घकालीन नीति लिएको छ । कार्यक्रममा भारतका प्रधानमन्त्री मोदीले प्रजातन्त्र र वातावरण संरक्षणमा आप्mनो अभिमत जाहेर गरेका थिए । आप्mनो सम्वोधनमा मोदीले प्रजातान्त्रिक पद्धतिको सफलता माथि प्रकास पारेका थिए । भारतलाई प्रजातन्त्रको जननीको संज्ञा दिदै भारत प्रजातान्त्रिक पद्धतिवाट कहिले पनि विचलित नभएको कुरा उनले जिकिर गरेका थिए । सत्तरीको दशकमा भारतको संकटकालीन समयलाई स्मरण गर्दै जे.पी आन्दोलनको माध्यमवाट प्रजातन्त्र पूर्णवहाली भएको कुरा समेत उनले उल्लेख गरेका थिए । प्रजातान्त्रिक मूल्य मानयतालाई आत्मसाथ गर्दै भारतका हरेक गाउ‘मा विजुली हुनु र हरेक गाउ‘ सडकसंग जोडिनु नै प्रजातन्त्रको सफलताको रुपमा उनले व्याख्या गरे । ९० प्रतिशत जनता बैंकिङ पद्धतिवाट जोडिनु, ९९ प्रतिशत जनताको घरमा ग्यास जडान हुनु, कोरनाको कहरमा विगत २ वर्षदेखि ८० करोड जनतालाई रासन सुविधा दिनु नै लोकल्याणकारी राज्यको उद्देशय भएको कुरा उनले उल्लेख गरे । साथ साथै सूचना र प्रविधि क्षेत्रमा भारतले विश्वको नेतृत्व लिन सक्ने समेत उनले संकेत गरे । संसारको डिजिटल पेमेन्टमा भारतको ४० प्रतिशत सहभागिताले यस तर्कलाई पुष्टि समेत गर्दछ । कोभिन र्पोटलमा ११० करोड जनताको नामाकरण हुनु र इ बजार पद्धतिको माध्यमवाट ५० लाख विक्रेता बजारमा सहभागिता हुनु जस्ता परिघटनाले भारतले सूचना प्रविधिमा प्राप्त गरेको सफलतालाई पुष्टि गर्दछ । प्रत्येक दिन रेल सेवामा १२ देखि १३ लाख जनता विद्युतिय माध्यमवाट सेवा सुविधा पाउ‘नुले जनताको सूचना प्रविधिको पहुचलाई जाहेर गर्दछ । हालका दिनमा भारतले ८ लाख ३० हजार करोडको इनर्जीनियरिङ्ग वस्तुको आयत गरेर आप्mनो उत्पादन सार्मथलाई जाहेर गरेको छ भने संसारको दोस्रो मोवाइल उत्पादक राष्ट्रको रुपमा भारत अगाडि बढेको छ ।
अर्थात् मोदीको सम्वोधनलाई पश्चिमा जगतले पृथक रुपमा व्याख्या गरेका छन् । विगतका दिन चीनले कनफुयीसियस स्कुलको माध्यमवाट पश्चिमा जगतमा एउटा भाष्य तयार गरेको थियो । त्यो भाष्यको आधारमा चीनले पश्चिमा उदार प्रजातान्त्रिक व्यवस्थालाई चूनौती दिदै चीनिया विकासको पद्धतिलाई अगाडि सारेको थियो । अर्थात् चीनिया शासन पद्धतिको माध्यमवाट नै देश र जनताको समृद्धि सम्भव रहेको कुराम चीनिया भाष्यको प्रस्तावना थियो । पश्चिमा प्रजातान्त्रलाई चीनिया भाष्यले लफाबाजीको संज्ञा दिएको थियो । तर मोदीको उक्त उद्घोषले प्रजातान्त्रिक पद्धतिको सफलतालाई आलोकित गरेको छ । खुला समाज, ज्रजातान्त्रिक पद्धति, सक्षम प्रेश, चूनाव प्रति अटुट निष्ठा जस्ता संकल्पवाट सिद्धि हुन सक्ने कुरा मोदीको उद्घोषले पुष्टि गर्दछ ।
जी सेभनले अगामी योजनामा जनकल्याणकारी नीति समेत अगाडि बढाउने प्रतिवद्धता जाहेर गरेको छ । विश्व वैंकको रिर्पोट अनुसार कोरनाको कहरले गर्दा १० करोड मान्छे गरिवीको रेखा मूनी गएको कुरालाई सार्वजनिक गरेको छ भने अफ्रिका लगायत एसियाका विभिन्न मुलुकहरू ४ देखि ५ करोड मान्छे भोकमरीको समस्याले आक्रान्त हुने समेत दावी गरिएको छ । अफगानीस्तान र युक्रेनको घटना र परिघटनाको पराकम्पनवाट १० करोड जनता शरनार्थी हुने समेत उक्त रिर्पोटले दावी गरेको छ । अर्थात् जी सेभन शिखर सम्मेलनले रोग, भोकमरी, गरिवी, निवारण, सर्नाथी समस्या जस्ता मानवीय संवेदनका विषयलाई सम्वोधन गर्न आवशयक धनरासी परिचालित गर्ने समेत संकल्प गरेको देखिन्छ । वर्तमान परिवेशमा संसारका धेरै मुलुकहरू चीनको ऋणले थिचिएका र मिचिएका छन् । श्रीलङ्का, पाकिस्तान, युगान्डा लगायत विभिनन मुलुकहरू चीनवाट लछारीएका र पछारिएका छन् । आर्थिक रुपमा अब्वल भएका यी जी सेभनका मुलुकहरूले पिडित र प्रताडित मुलुकहरू दीर्घकालीन हितलाई मध्य नजर गर्दै आवश्यक सहयोग गर्ने समेत संकल्प गरेका छन् ।
व्रिक्स र जी सेभन जस्ता संगठनमा भारतको सहभागिता हुनु उच्च कोटीको कूटनीतिक अभ्यास हो । हुनतः यस्ता किसिमका अभ्यास भारतको परराष्ट्र नीतिको विषेशता नै हो । इजरायल र प्यालीस्टायनसंग संन्तुलित सम्वन्ध हुनु, रसिया र अमेरिकासंग सन्तुलित सम्वन्ध हुनु र इरान र साउदीसंग सन्तुलित सम्वन्ध व्यवस्थापन गर्न सक्नु भारतको परराष्ट्रनीतिको सफलता नै हो । अर्थात् व्रिकसमा रसिया र चीनसंग हरेक मतभेद र मनभेदका वावजुत सहकार्यको प्रतिवद्धता जाहेर गर्नु र जी सेभनको कित्तामा लोकतान्त्रीक मूल्य मान्यता प्रति आप्mनो निष्ठा देखाउ‘नु परराष्ट्र नीतिको चमक्ताकारिक स्वरुप नै हो । वदलिदो परिवेशमा संसार धुव्रिकृत अवस्थामा छ । रसिया, चीन, पाकिस्तान, इरान जस्ता मुलुकहरूले एकतन्त्रीय नीति अनुरुप अगाडि बढिरहेको छ भने अमेरीका र यूरोपले प्रजातान्त्रिक पद्धतिलाई अगाडि बढाइरहेको छ । भारतले यी दुईवटै कित्तासंग आप्mनो राष्ट्रमा हितको मर्म अनुरुप सन्तुलन कायम गरिरहेको छ । आगामी दिनहरूमा व्रिक्स र जी सेभनको वाचा र संकल्पहरूको प्रत्याभूति हुनको लागि भारतको सहयोग अपरिहार्य हुनेछ ।