Logo

लुगा नाप्ने बहानामा पसलमा पसेर धारिलो हतियार प्रहार गरी दर्जीको हत्या



एजेन्सी, १५ असार । भारतको उदयपुरस्थित दर्जी कन्हैयालालको पसलमा मंगलबार रियाज मोहम्मद अत्तारी र उनका साथी लुगा नाप्न आउँछन् । दर्जीले पनि आफ्नो नाप लिन्छन् । र, अचानक अत्तारीले दर्जीको घाँटी काटेर हत्या गर्छन् ।

उनका साथीले भिडियो समेत बनाएका छन् । यो हत्याको जिम्मेवारी लिएर दुवैले भिडियो भाइरल पनि गरेका छन् । यस निर्मम हत्याको घटना भएको ४ घण्टापछि पनि उदयपुर प्रहरीले अपराधीलाई पक्राउ गर्न सकेको छ।

अचम्मको कुरा के छ भने कन्हैयालालले ६ दिनअघि आफूलाई धम्की आएको भन्दै प्रहरीमा उजुरी पनि गरेका थिए तर प्रहरीले उनको सुरक्षाका लागि केही नगरेको आरोप लागेको छ। धम्कीको डरले उनले छ दिन पसल पनि बन्द गरे तर प्रहरीले उनलाई केही सहयोग गरेन ।

उदयपुरमा मंगलबार दर्जी कन्हैयालालको हत्या भएको थियो । लुगा नाप्ने बहानामा पसलमा पसेर अभियुक्तले धारिलो हतियार प्रहार गरी दर्जीको हत्या गरेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले उल्लेख गरेको छ ।

भिडियो हेर्दा कुनै पनि भारतीयले चाहे जुनसुकै जात भए पनि यस्तो लज्जास्पद हत्या गर्न सक्छ भन्ने लाग्दैन । उदयपुरमा दर्जीको हत्यापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । कतिपय ठाउँमा कर्फ्यू लगाइएको छ । डिभिजनका ६ वटै जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्