काठमाडौं, १५ असार । नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । फिफा रेफ्री प्रज्वल र फिफा असिस्टेन्ट रेफ्री किसनले साफमा नेपालको प्रतिनिधित्व गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
दुबैले एकै पटक सन् २०२१ मा फिफा ब्याज प्राप्त गरेका थिए । चौथो संस्करणको साफ आगामी २५ जुलाईदेखि ५ अगष्टसम्म भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुँदै छ । जसमा नेपाल र भारतसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी चार देशले सहभागीता जनाउनेछन् ।
सिंगल राउण्ड रोविन पद्धतिमा हुने खेलको शीर्षस्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
हाल नेपाली टिमलाई मुख्य प्रशिक्षक मेघराज केसीले प्रशिक्षण गराइरहेका छन् ।