Logo

कन्हैया लालको एकले घाँटी रेटे, अर्कोले भिडियो बनाएर सार्वजनिक गरे



एजेन्सी, १५ असार । मंगलबार दिउँसो कपडा सिलाउने बहानामा रियाज र गौस नामका व्यक्ति आएर कन्हैया लालको घाँटी काटेका थिए । निर्मम हत्याको भिडियो पनि बनाएर सार्वजनिक गरेपछि हत्याको जिम्मेवारी लिएका थिए ।

हाल रियाज र गौस राजस्थान प्रहरीको हिरासतमा छन् । भारतका राजस्थानका मन्त्री प्रताप सिंह खचरियावासले उनलाई चार दिनभित्र फाँसी दिनुपर्ने बताएका छन् ।

दुर्लभ घटनाको कुनै परिभाषा छैन, तर घटनामा पूर्वनियोजित, जरुर, निर्दयी हत्या पीडितलाई कुनै अवसर नदिई अपराधको जघन्य प्रकृति देखिएमा त्यो अपराध दुर्लभको दुर्लभको श्रेणीमा आउने प्रहरीले जनाएको छ।

भारतीय समाचार एजेन्सी दैनिक भास्करका अनुुसार दुर्लभ मुद्दामाआजीवन कारावास वा मृत्युदण्डको सजायको व्यवस्था छ तर दुर्लभ श्रेणीमा मृत्युदण्डको व्यवस्था गरिए अनुसार हुन सक्ने सम्भावना देखिएको छ।

उदयपुरमा टेलर कन्हैया लालको हत्यापछि रियाज र घौसले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै हतियार हल्लाउदै हत्याको जिम्मेवारी लिएका थिए ।

यस घटनालाई सरकारले यसलाई आतंकवादी घटनाका रूपमा लिएको छ र त्यसैले यसको अनुसन्धान एनआईएलाई सुम्पिएको छ। रिपोर्टका अनुसार खुफिया एजेन्सीहरूले यसलाई ’इस्लामिक आतंकवाद’ को रूपमा हेरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्