काठमाडौं, १६ असार । जनउत्थान सामुदायिक लघुवित्तले २५ प्रतिशत बोनस सेयर सम्बन्धित् सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले २० पुससम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
जनउत्थानको गत ३० पुसमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि सहित १।३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।