Logo

अनिभा हत्याकाण्ड : बलात्कारको प्रतिकार गर्दा ढुंगाले हानेर हत्या गरी जलाएको खुलाशा



काठमाडौं, १६ असार । गत जेठ २५ गते विहान आगो लगाइएको अवस्थामा दार्चुलाकी अनिभा खडायत भेटिएकी थिइन् । उनलाई जिउँदै आगो लगाउने नातामा देवर पर्ने भोजराज खडायत हुन् । भोजराजले प्रहरी समक्ष बलात्कार गर्न नदिएर रिसले ढुंगाले हानेर घाइते बनाएको स्वीकार गरेका छन् ।

रगतको नाता पर्ने भएकोले उनीहरु दुवैजनाको परिवारमा आउजाउ भइरहन्थ्यो । सात वर्ष अघि अनिभाको श्रीमान बितेका थिए भने उनका एक छोरा वैदेशिक रोजगारीको क्रममा विदेशमा छन् भने जेठी छोरीको विवाह भइसकेको छ । अनिभा दुई छोरीसँग घरमा बस्दै आएकी थिइन् ।

सुरक्षा गार्डको ड्युटी सकेर बिहानको २ बजेतीर घरमा फर्कदै गर्दा अनिभाको घरमा बत्ती बालेको देखेपछि भाउजुलाई बोलाएको भोजराजले प्रहरीसमक्ष बताएका छन् । जबरजस्ती भाउजुलाई बाहिर बोलाएको पनि उनले स्वीकार गरेका छन् । उनले भाउजुलाई छिमेकीको बारीमा लगेपछि शारीरीक सम्बन्ध राख्न खोजेपछि अनिभा नमानेपछि ढुंगाले दुइपटक हानेर जबरजस्ती करणी गरेका थिए ।

ढुंगाले हानेर गम्भिर घाइते भएपछि अनिभाले लगाएको कानको रिङ र नाकको फुली निकाल्न थाले । सुन झिकेपछि उनले खर र गहुँको नलले अनिभाको शरीर छोप्न थाले । अनिभाकी छोरीले आमा खोज्न थालेको थाहापाएपछि उनको शरीरमा आगो लगाएको उनले प्रहरीसँग बयानमा बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्