Logo

देश श्रीलंकाको दिशामा जान लागेको निष्कर्ष निकाल्दै शेखर समूहले देख्यो ‘विद्रोह’



काठमाडौं, १६ असार । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले देश श्रीलंकाको दिशामा जान लागेको निष्कर्ष निकालेको छ । आज अनुपम फुडल्यान्ड वत्तीसपुतलीमा आयोजना गरेको आफू पक्षीय भेलाले त्यस्तो निष्कर्ष निकालेको काँग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले बताए ।

‘देश ६ महिनापछि श्रीलंकाको दिशामा जानसक्ने देखिएको छ, हामीले यस्तो खतरा देखिसकेका छौं,’ बैठकपछि रिपोर्टर्स नेपालसँग भण्डारीले भने,‘देशलाई ३० वर्षबीच अराजकतातर्फ लाने गतिविधि भएको छ ।’

भण्डारीले युवाहरु आक्रामक रुपमा राजनीतिमा आउनुलाई रचनात्मक विद्रोहको संज्ञा दिए । उनले युवाहरु रचनात्मक विद्रोह देशका लागि आवश्यक भएको बताए ।



प्रतिक्रिया दिनुहोस्