काठमाडौं, १६ असार : पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६९८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । र, पछिल्लो २४ घण्टामा मृत्युदर शून्य रहेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २८० रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।