Logo

केएमी स्कुल बाहिर आफन्तको रुवाबासी, विद्यायल प्रशासन र मृतकका आफन्तबीच वार्ताको तयारी



काठमाडौं, असार १९ । काठमाडौं मोडेल स्कुल (केएमसी स्कुल)को होस्टलमा क्यान्टिन सहयोगीको रुपमा काम गर्दै आएकी २१ वर्षीया रमा रायमाझी झुन्डिएको अवस्थामा फेला परेकी छन् । विगत ५ वर्षदेखि सोही स्कुलमा काम गर्दै आएकी रमा शनिबार ग्राउण्ड फ्लोरमा रहेको होस्टलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी रायमाझी विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म क्यान्टिनमा काम गर्दै आएकी थिइन् । उनी शनिबार बेलुका ७ः३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

रमाका बुवाआमा काभ्रेबाट आएर विद्यालय बाहिर रुवाबासी गरिरहेका छन् । आफन्तले मिडियालाई पनि भित्र पसाउनुपर्ने र अनुसन्धान निष्पक्ष बनाउन पर्ने माग गरिरहेका छन् । यतिबेला विद्यालय, प्रशासन र मृतकका परिवारबीच वार्ताको तयारी भइरहको जनाईएको छ।
उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन्। मृतककी ३ दिदी बहिनी र १ जना दाजु छन्। उनी जेठी छोरी हुन् । आमाबुबा भने गाउँमै खेती गर्छन्।



प्रतिक्रिया दिनुहोस्