Logo

आज कहाँ–कहाँ वर्षा?



काठमाडौं, असार १९ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

सक्रिय मनसुनी वायुको प्रभावका कारण आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मंगलबार भने सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्