Logo

माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै, पदाधिकारी चयनबारे खुमलटारमा छलफल हुँदै



काठमाडौं, २२ असार । आज दिउँसो नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ ।

पदाधिकारी र स्थायी समितिको नाम टुंगो लगाउन माओवादीका नेताहरु खुमलटारमा भेला भएका छन् ।

प्रचण्ड निवासमा पुर्व स्थायी समितिका नेताहरुबीच छलफल भइरहेको छ ।

पदाधिकारी, स्थानीय समिति र पोलिटब्युरोका पदाधिकारीको नाम टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई दिइएको थियो ।

महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा तीब्र आकांक्षी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्