काठमाडौं, २३ असार । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि जारी गरेको सेयर निष्कासन तथा बिक्री बन्द गरेको छ ।
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका वार्ड नम्बर २, ३, ४ र ६ का वासिन्दाका लागि सेयर निष्कासन गरेको थियो ।
कम्पनीले जारी पुँजी ५८ करोड ८० लाख रुपैयाँमध्ये १० प्रतिशतले हुन आउने पाँच करोड ८८ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका पाँच लाख ८८ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।
कम्पनीले निष्कासनमा संलग्न सम्पूर्ण संकलन केन्द्र, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थालाई यसअघि नै असार २२ गते बैंकिङ समयपश्चात् निष्कासन बन्द गर्न अनुरोध गरिसकेको जनाएको छ । कम्पनीले सेयर निष्कासनकर्ताको रूपमा बिओके क्यापिटललाई नियुक्त गरेको छ ।