Logo

कटुवा पेस्तोलसहित २ जना पक्राउ



बारा, २३ असार । सिम्रौनगढ नगरपालिका–१ नम्सगराढाठ बस्ने २९ वर्षीय अनिल मुखिया र सोही ठाउँ बस्ने २५ वर्षीय गुड्डु मुखियालाई १ थान कटुवा पेस्तोल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नम्सगराढाठ पोखरीको डिलमा उनीहरूले हतियार देखाई धाकधम्की दिईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पेस्तोल फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्