Logo

बीपी क्यान्सर अस्पतालका निर्देशकमाथि कार्यकक्षमै आक्रमणको प्रयास



काठमाडौं, २४ असार । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशकमाथि कार्यकक्षमै हातपातको प्रयास भएको छ।

बिहीबार निर्देशक डा.देजकुमार गौतममाथि उनकै कार्यकक्षमा हातपातको प्रयास भएको हो । गौतममाथि भएको हातपातको प्रयास र आक्रमणको बिरोधमा स्वास्थ्यकर्मी महासंघ नेपालले विरोध जनाउँदै दोषीलाई कारवाहीको माग गरेको छ।

दोषीमाथि कारवाही नगरे देशव्यापी रुपमा विरोधका कार्यक्रम गर्न बाध्य हुने पनि संघले चेतावनी दिएको छ।



प्रतिक्रिया दिनुहोस्