Logo

भ्रष्टाचार आरोप: सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेर सांकेतिक कारबाही



काठमाडौं, असार २४ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले डडेल्धुरामा भ्रष्टाचारको आरोपमा सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेका छन्।

जिल्लाको आलिताल गाउँपालिका–३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई बिहीबार राति नेकपा बहुमत डडेल्धुराले कालो मोसो दलेको हो।

कृते कागज गरी समुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय आलिताललाई छलेर सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मडैले भ्रष्टाचार गरेको आरोपमा सांकेतिक कारबाही गरिएको सो पार्टीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्