काठमाडौं, २६ असार । सत्तारुढ दल नेपाली कांग्रेसको आज पदाधिकारी बैठक बस्दै छ । भ्रातृ संस्थाको विधानबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।
पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान प्रतिवेदन तयार पार्न एनपी साउदको नेतृत्वमा समिति गठन गरिएको छ ।
कांग्रेसको आजको पदाधिकारी बैठक उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा हुन लागेको हो । नेविसंघ, तरुणदल, किसान संघ, आदिवासी जनजाती संघको अध्यक्ष मनोनित भइसकेका छन् ।