Logo

दौडमा बेहोस भएका प्रहरी जवान बोहोराको निधन



काठमाडौं, २६ असार । प्रहरी तालिममा दौडको क्रममा बेहोस भएका प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका–६ झडिगाउँका प्रहरी जवान भरत बोहोराको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बोहोरा दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित लडेर बेहोस भएका थिए । १० किलो मिटरको दौडमा अन्य साथीहरुसँगै दौडेपनि उनी केही किलोमिटर पार नगर्दै लडेका थिए ।

पुनः उठेर दौडिएपनि दोस्रो पटक फेरी लगेका थिए । उनको दोस्रोपटक होस नखुलेपछि उनलाई हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियो ।



प्रतिक्रिया दिनुहोस्