Logo

शेखर कोइराला समूहको छुट्टै भेलामा को को पुगे



काठमाडौं, २६ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्नुअघि डा.शेखर कोइराला समूहले छुट्टै छलफल सुरु गरेको छ । भ्रातृ संस्थाको विधानबारे एकीकृत धारणा बनाउन शेखर पक्षको छलफल सुरु भएको हो ।

पछिल्लो समय कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउनको लागि लगातार छलफल गरिरहेको छ ।

बैठकमा महामन्त्री गगनकुमार थापा, उपसभापति धनराज गुरुङ, नेता डा.शेखर कोइराला, चन्द्र भण्डारी, प्रकाश रसाइली, जीवन परियार, बलबहादुर केसी, डा.गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, सन्जय गौतम, सन्जय प्रसाइलगायतको उपस्थिति रहेको छ। Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्