Logo

शुक्रबार राति महिलालाई बलात्कार गर्ने पक्राउ



धनकुटा, २७ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहीदभूमि गाउँपालिका–५ बस्ने ३१ वर्षीय सन्तोष राईलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

तेह्रथुम लालीगुराँस नगरपालिका–२ स्थित होटलमा राईले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई धनकुटा नगरपालिका–७ बाट पक्राउ गरेको जनाएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्