काठमाडौं, २७ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा स्थानीय निर्वाचनको समीक्षा भैरहेको छ । यस्तै, आजको बैठकले आगामी संसदीय निर्वाचनको बारेमा पनि रणनीति बनाउने बताइएको छ ।
बैठकमा अहिले सातै प्रदेशका सभापतिहरू बोलिरहेका छन् । बैठक सुरु हुनुअघि पार्टी कार्यालय एकछिन तनावग्रस्त बनेको थियो । सभापति शेरबहादुर देउवाको प्रवेश हुनासाथ शेखर कोइराला समर्थित युवाहरुले नाराबाजी गरेका थिए । उनीहरुले पार्टीमा एकाधिकार मान्दैनौं भन्ने चर्को नारा लगाएका थिए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम