Logo

राप्रपा असन्तुष्टहरुको एल्लो पगौडामा बसेको बैठकले गिरीको नेतृत्वमा समिती बनायो



काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र असन्तुष्ट हुने क्रम बढ्दो रुपमा रहेको छ । महाधिवेशनबाट राजेन्द्र लिङ्देनले नेतृत्व लिएपछी पार्टीलाई समाबेशी, सन्तुलित, योजनाबद्ध, दुरदर्शि र फराकिलो ढंगले संचालन गर्न नसकेको गम्भीर आरोप असन्तुष्टहरुको रहेको छ ।

‘पार्टीलाई उहाँले जुन ढंगबाट हाक्नुहुन्छ होला भन्ने हामिले सोचेका थियौ, त्यो हुन सकेन , हामिले सोच्ने र उहाँले गर्नेमा आकाश जमिनको फरक रह्यो ,हामी दुखी छौ ।’ असन्तुष्ट एक नेताले भने । ‘राजेन्द्र लिङ्देनमा झन् बढी अहंकार, ब्यक्ति केन्द्रीत सोच, आलोकाँचो पन देखियो जुन दुर्भाग्यपूर्ण छ ।’

पार्टी भित्र महिला संगठनमा हात हालाहालको स्थिति पैदा हुदा पनि नेतृत्वले आफुलाई थाहा नभएको र यस्ता बिषय सामान्य हुन् भन्नू आपत्तिजनक भएको नेताहरुले ठहर गरेका छन् । यसै क्रममा पार्टी भित्रको पछिल्लो अबस्थाको बारेमा छलफल समिक्षा गर्न जमल स्थित एल्लो पगौडा होटलमा असन्तुष्ट नेताहरुको बैठक बसेको छ । बैठकमा पार्टी प्रतिको आकर्षण लाई भोटमा रुपान्तरण गर्न नसकेको, गएको स्थानिय निर्बाचनमा संतोषजनक मत प्राप्त गर्न नसकेको, अन्य दलसङ्ग सम्बन्ध सुधार नभएको बिषयमा छलफल भएको छ । आगामी संघीय निर्बाचन बारे स्पष्ट धारणा, योजना र रणनीति नभएको काङ्ग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा नेतृत्वले अराजनीतिक सस्कार र चरित्र प्रदर्शन गरेको बारे पनि छलफल भएको छ ।

नेतृत्व सस्तो लोकप्रियताको पछि लाग्नु हुदैन नेता दिलनाथ गिरिले भने । ‘बैठकले नेतृत्व गम्भीर हुने र सच्चिने मार्गमा नभएको यथास्थितिबाट र थप एकाङ्गी ढङ्गबाट चल्न खोजेको देखियो , यसले थप जटिलता उत्पन्न गर्छू’ बैठक पछि नेता दिलनाथ गिरिले प्रतिक्रिया दिए । सबैलाई समेटेर अघि बढ्नुपर्नेमा भएकालाई पनि काखा पाखा गर्ने प्रवृत्ति प्रत्युत्पादक हुन्छू गिरिले थपे । राप्रपा बलियो बनाउने हो भने कमल थापा, रबिन्द्र मिश्र, केशर बिष्ट लगायत सबै एकै ठाउँमा हुनुपर्छ भन्नेमा बैठकको निष्कर्ष रहेको बैठकमा सहभागी दमन बस्नेतले बताए । बैठकले सबै बिकल्पमा जानको निमित्त सकिने गरि बार्ता समिति समेत गठन गरेको छ । समितिमा दिलनाथ गिरि, श्याम तिमल्सिना, दिलबिकाश राजभण्डारी, राजाराम श्रेष्ठ, केशब श्रेष्ठ र दमन बस्नेत रहेका छन् । गिरि,राजभण्डारी र बस्नेतले एमाले अध्यक्ष केपि ओलि र राप्रपा नेपाल अध्यक्ष कमल थापासङ्ग भेटी कुराकानी गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्