Logo

गठबन्धनकै प्रक्रियाबाट आगामी सरकार पनि बन्छ : साउद (भिडिओसहित)



काठमाडौं, २८ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एन.पी. साउदले पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा शेखर कोइरालाले सभापति शेरबहादुर देउवा असफल हुनुभएको भनेर कुनै धारणा नराखेको स्पष्ट पारेका छन् । उनले आफूहरु गठबन्धनमा धेरै लामो समयदेखि नै रहेको जिकिर गरे ।

उनले गठबन्धनमा जाँदैमा कांग्रेसको पहिचान समाप्त नहुने स्पष्ट पारे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले वर्तमान पाँच दलीय गठबन्धनलाई कम नआँक्ने बताए । स्थानीय तहको निर्वाचनमा गठबन्धनकै कारण पार्टीले राम्रो नतिजा ल्याएको उनको भनाई छ ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार मृत्त भैसकेको भन्नु गलत भएको टिप्पणी गरे । उनले वर्तमान सरकार नढल्ने जिकिर गरे । उनले अब मुलुक निर्वाचनतर्फ अघि बढिरहेको सुनाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्पत्ति सार्वजनिक गरिसकेको दाबी गरे ।

अहिले सरकारमा रहेका सबै मन्त्रीले कुनै पनि नराम्रो काम नगरेको उनको जिकिर छ । उनले गठबन्धनकै प्रक्रियाबाट आगामी सरकार पनि बन्ने घोषणा गरे । उनले नेपाल र चीनबीचको निकटता सुमधुर भएको बताए ।



प्रतिक्रिया दिनुहोस्