Logo

यसरी मनाइयो २०९औं भानु जयन्ती (तस्बिरमा हेरौं)



काठमाडौं, २९ असार । नेपाली साहित्यका नक्षत्र आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भानुभक्तको शालिकमा माल्यार्पण गरेका हुन् । कार्यक्रममा बालबालिका तथा युवाहरु भानुभक्तको पोस्टरसहित सहभागी भएका थिए ।

भानुभक्त नेपाली साहित्यका प्राथमिक(प्रथम) कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) लगायतका कृतिहरू लेखेका छन् । उनका पाण्डुलिपिहरूलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन् ।

Photo : Mukunda kalikote



प्रतिक्रिया दिनुहोस्