Logo

रियाले सुशान्तलाई लागुऔधष दिएको भन्दै एनसीबीद्धारा मुद्दा दायर



एजेन्सी, २९ असार । बलिउड अभिनेता सुशान्त सिंह मृत्यु प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले बुधबार आरोपपत्र दायर गरेको छ । एनसीबीले सुशान्तलाई रियाले लागूऔषध दिएको बताएको छ । आरोपपत्रमा रियाका भाइ शोभिकसहित ३५ जनालाई आरोपी बनाइएको छ । यो मुद्दाको सुनुवाई जुलाई २७ मा विशेष अदालतमा हुने भएको छ । रिया दोषी प्रमाणित भएमा १० वर्षको जेल सजाय हुन सक्छ ।

१४ जुन २०२० मा सुशान्त सिंह राजपूतको शव उनको मुम्बईको घरमा भेटिएको थियो। सुशान्तको परिवारले रिया र उनको परिवारमाथि गम्भीर आरोप लगाएका थिए । यसपछि रिया चक्रवर्ती, उनका भाइलगायत धेरैजना स्क्यानरमा परेका थिए । यस प्रकरणमा लागुऔषधको एंगल आएपछि एनसीबीले अनुसन्धान थालेको थियो ।

एनसीबीले भनेको छ कि सबै अभियुक्तहरूले मार्च २०२० र डिसेम्बर २०२० बीच उच्च समाज र बलिउडमा लागूपदार्थको प्रयोग र बिक्री गर्ने षड्यन्त्र रचेका थिए।

अभियुक्तले मुम्बई क्षेत्रमा लागुऔषध तस्करीमा आर्थिक सहयोग गर्थे र गांजा, चरस, कोकेन र अन्य लागू पदार्थ सेवन गर्थे। उनीसँग न त वैध अनुमति थियो न त कुनै किसिमको लाइसेन्स । सुशान्तको मृत्युपछि एनसीबीले लागूऔषध मुद्दामा रियासँग लामो समयसम्म सोधपुछ गरेको थियो ।

एनसीबीका अनुसार रिया चक्रवर्तीले आरोपी सामुएल मिरान्डा, भाइ शोविक, दीपेश सावन्त र अन्य अभियुक्तहरूबाट गांजा ल्याएका थिए । रियाले दिवंगत अभिनेता सुशान्त सिंह राजपुतलाई यो कुरा सुनाइन् । यससँगै रियाका भाइ शोभिक लागुऔषध कारोबारीसँग सम्पर्कमा रहेको र उनीहरुबाट पटकपटक गाँजा र चरस लिएको पनि बताइएको छ ।

सुशान्त सिंह राजपुत १४ जुन २०२० मा मुम्बईको आफ्नो फ्ल्याटमा मृत फेला परेका थिए । त्यसबेलादेखि एनसीबी लागूऔषध मुद्दामा अनुसन्धान थालिएको थियो र रिया चक्रवर्तीलाई सेप्टेम्बर २०२० मा पक्राउ गरिएको थियो। झण्डै एक महिना जेल बसेपछि रियाले मुम्बई उच्च अदालतबाट जमानत पाएकी थिइन् । सुप्रिम कोर्टको आदेशमा सीबीआईले यस विषयमा अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्म एजेन्सी कुनै नतिजामा पुग्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्